सगरमाथाको उचाइ बढ्ला कि घट्ला,आज सार्वजनिक गरिँदै

0
Mt.Everest

काठमाडौं । सरकारले सगरमाथाको उचाइ आज सार्वजनिक गर्ने भएको छ।

गत बुधबारको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको उचाइ घोषणा गर्ने प्रस्तावलाई स्वीकृति दिएपछि सार्वजनिक गर्न लागिएको हो। नेपाल र चीनको संयुक्त टोलीले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नेछ।
भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्मास प्रस्ताव पेस गर्नुभएको थियो ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाइमा असर परेको नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो। सोही बमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए।

सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो । त्यसयता सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed