प्रधानमन्त्री ओलीलाई तनहुँमा आफूसँग चुनाव लड्न रामचन्द्र पौडेलको चुनौती

0
Ramchandra

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग चुनाव लड्न चुनौती दिनुभएको छ ।

केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गर्नुभएको छ ।

पौडेलले भन्नुभयो,’मलाई तनहुँमा चुनाव हार्छ भन्ने केपी ओलीजी अर्को उम्मेदवार नपठाउनुस्। तपाई मसँग चुनाव लड्न आउनु, म तपाईंसँग प्रतिस्पर्धा गर्न तयार छु । म पाँचपटक चुनाव जितेको मानिस हुँ। अब चुनावमा तनहुँ आउनुस् अरूलाई नपठाउनू। म तपाईंसँग चुनाव लड्न तयार छु।’

तनहुँमा ओलीनिकट कृष्णकुमार श्रेष्ठ किसानले पौडेललाई गत चुनावमा हराएका थिए। पुल उद्घाटनमा नेकपाले अवरोध गरेपछि पौडेलले ओलीलाई आफू आस्थाका लागि जेल बसेको तर ओली व्यक्ति हत्यामा जेल बसेको आरोप लगाउनुभएको थियो ।

ओलीले असंवैधानिक कदम चालेर लोकतन्त्रको हत्या गरेकाले कांग्रेस संविधान बचाउन आन्दोलनमा उत्रिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed