कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो,सर्वोच्चद्वारा रिट खारेज

0
sarboch adalat

काठमाडौँ। कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ। सरकारले लागू गरेको नयाँ पाठ्यक्रमविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिएको छ। योसँगै पाठ्यक्रम लागू गर्ने विषयमा देखिएको अन्यौलता हटेको छ।

न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्ने आदेश दिएको अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। नयाँ पाठ्यक्रम लागू गर्न नहुने भन्दै भागवत अर्याललगायतले असोज २८ गते सर्वोच्चमा रिट हालेका थिए।

नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल, सुदूर पश्चिमाञ्चल, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

सर्वोच्चले उक्त रिट खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको हो। पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय तहको नयाँ पाठ्यक्रम प्रारूप स्वीकृतपछि देशभर चालू शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू भएको थियो।

गणित विषय अनिवार्य गर्ने सन्दर्भमा भने अदालतले आदेश दिनुभन्दा पहिला प्राज्ञ, विज्ञ र सरोकारवालासँग छलफल गर्न भनिएको छ। छलफल गरेर एक वर्षभित्र पुनर्विचार गर्न भनिएको हो।

नयाँ वा पुरानै अनुसार पठन पाठन गर्ने भन्नेमा यकिन नहुँदा शिक्षक विद्यार्थी अन्योलमा परेका थिए। अधिकांश विद्यालयले नयाँ पाठ्यक्रम अनुसार पठन पाठन थालिसकेका थिए। तर, सर्वोच्चले तत्काल नयाँ पाठ्यक्रम लागू नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed