प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलन

0
nepali-congress-e1597758553397

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले थप आनदोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।

गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको शर्माले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरूलाई, प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा भइरहेको बहसमा भाग लिने वरिष्ठ अधिवक्तालाई लगाएको आरोपप्रति पनि कांग्रेसले खेद व्यक्त गरेको छ । सोमबार नागरिक समाजले गरेको कार्यक्रममा प्रहरीले गरेको धरपकडप्रति आपत्ति जनाउँदै धरपकडमा संलग्‍नलाई कारबाही गर्न माग गरेको छ ।

पार्टीको १४ औं महाधिवेशनका लागि वितरण भइरहेका क्रियाशील सदस्यताको फाराम माघ ३० गतेसम्म केन्द्रमा पुर्‍याउन जिल्ला समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

११ भ्रातृ संगठनको म्याद ६ महिना थप
कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित ११ वटा भ्रातृ संगठनको म्याद थप गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघ, तरुण दलसहित ११ वटा भ्रातृ संगठनको म्याद ६ महिना थप गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, नेपाल किसान संघ, नेपाल भूतपूर्व सैनिक संघ, आदिवासी जनजाति संघ, नेपाल ठाकुर समाज, प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल तामाङ संघको म्याद थप गरेको हो ।

बैठकले थपिएको ६ महिनाभित्र अधिवेशन गर्न पनि भ्रातृ संगठनलाई निर्देशन दिएको छ । यसअघि पनि काँग्रेसले अधिवेशन गर्न नसकेका भ्रातृ संगठनको म्याद थप गर्दै आएको थियो ।

यसैगरी नेपाली कांग्रेसको कतार, मलेसिया, बहराइन, मलेसिया र साउदी अरबको जनसम्पर्क समितिको क्रियाशिल सदस्यलाई स्वीकृत गरिएको छ । बैठकले माल्टामा रहेका नेपालीहरुले गठन गरेको जनसम्पर्क समितिलाई आबद्धता प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली जनसम्पर्क समिति युएइको विधानलाई स्वीकृत गरेको छ भने इजरायल जनसम्पर्क समितिको म्याद सकिएको मितिले बढीमा ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यकाल थप गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed