कामना सेवाको ऋणपत्रमा फागुन ६ गतेसम्म आवेदन दिन सकिने

0
debenture (1)

काठमाडौं । कामना सेवा विकास बैंकको ऋणपत्रमा लगानकर्ताले फागुन ६ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । बैंकले माघ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएसँगै लगानीकर्ताले फागुन ६ गतेसम्म ऋणपत्रमा लगानी गर्न पाउने भएका हुन ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गरेको हो। कुल निष्काशन गरिने ऋणपत्रमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बिक्री गरेको हो। जसमा २० हजार कित्ता भने सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।

बैंकले बिक्रीमा ल्याउन लागेको ऋणपत्रमा इच्छुक आवेदकहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउनेछन्। ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।

बैंकको ऋणपत्रमा आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयरबाट समेत आवेदन दिन सकिनेछ।

ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा बैंकलाइ केयर रेटिङ्ग नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed