रामकुमारी झाँक्रीको राष्ट्रपतिमाथि आक्रोश:’प्रधानमन्त्री ओलीको निर्णय खुसुस्क सही छाप गर्ने कोठे एसिस्टेन्स’

0
ramkuari final

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा उत्रिएको प्रचण्डमाधव पक्षकी नेत्री रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध विवादमा परेको उनको अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी छन् ।

आज राजधानीमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको सभामा झाँक्रीले सर्वसत्तावाद र संविधान र कानुनी राज्यको विरुद्धमा सेटिङ मिलाउनेहरु विरुद्ध बोल्न पाइने बताएकी हुन्।

कार्यकारी प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई राष्ट्रपतिले ‘असिस्टेन्ट’ बनेर सघाएको आरोप लगाउँदै उनले भनिन् ‘ कार्यकारीको असिस्टेन्ट जस्तै भइन्  राष्ट्रपति। राष्ट्रपति पद होइन संस्था हो। राष्ट्रपति पद हाम्रो रगत पसिनाको हो। त्यो संस्थामा बसेकी भण्डारी निशंकुश्ताको साथमा भइन्। त्यस्ता विरुद्ध बोल्न पाइन्छ। यहाँ निर महिला अस्मिताको कुरा हुँदैन। बोल्न पाइन्छ।’

केही दिनअघि झाँक्रीले प्रतिनिधि सभा विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई कोटेश्वर नभए बालकोट जान भनेकी थिइन्। यस्तै, सेतो साडीमा राजनीति गरेको आरोप लगाएकी थिइन्। त्यसपछि नेकपा केपी शर्मा ओली समूहका नेता कार्यकर्ताले उनको आलोचना गरेका थिए। उनीमाथि प्रहरी कारवाहीको समेत माग गरिएको थियो।

झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली कागजका बादशाह भएको उल्लेख गर्दै उनी ढलिसकेको र औपचारिक घोषणा हुनमात्र बाँकी रहेको बताइन्।

‘आज राजधानीका सडकमा छरपस्ट मानिसले भनेका छन्, खड्कप्रसाद ओली काजगी बादशाहा हुन्। ती ढलिसके। अब अन्तिम घोषणा गर्न बाँकी छ’, सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन्, ‘जब बादशाहा या तानाशाहाले आफ्नो कदलाई घटाउँदै घटाउँदै जान्छन् त्यतिबेला राज्यको सम्पतिको दोहोन गर्दै कागजका अग्ला कदका प्रतिमा मात्र होइनन् बुख्याचाहरु बनाउँछन् ओलीले त्यही गरेका हुन्। यो अधोगति हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed