महिला खुला राष्ट्रिय तेक्वान्दो सुर्खेतमा हुने

0
takando

काठमाडौं । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरण समितिको आयोजनमा तेश्रो महिला खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०७७ सुर्खेतमा आयोजना हुने भएको छ ।

फागुन २४ र २५ गते हुने उक्त प्रतियोगितामा १ हजार ५ सय खेलाडीहरुले सहभागिता जनाउने छन् ।

नेपाली महिला खेलाडीहरुलाई प्लेटफर्म उपलब्ध गराउँदै नव खेलाडी उत्पादन गर्ने र उनीहरुको कला कौशल निखार्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा एशियन र दक्षिण एशियाली खेलकुदमा सहभागि खेलाडीहरुलाई निशेष गरिएको छ ।

प्रतियोगिता बिश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियममा खेलाईने छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको कभर्डहलमा हुने प्रतियोगितामा विश्व तेक्वान्दो महासंघले निर्धारण गरेको आधिकारीक तौल समूहमा जुनियर, सिनियर तथा पुम्सेका सवै समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य, नेपाल तेक्वान्दो संघका सदस्य एवं महिला सशक्तिकरण समितिकी संयोजक नन्दा बस्यालले पत्रकार सम्मेलनमा जानकारी दिईन् ।

करिव ४५ लाख ३३ हजार अनुमानित खर्च रहेको प्रतियोगितामा प्रत्येक विधाका पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले नगद तीन, दुई र एक हजार प्राप्त गर्नेछन् । यस्तै शिर्ष तीन टीमले नगद १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed