विप्लवसँग वार्ता हुने भयो भनेर केही मान्छे छटपटिन थालेका छन्: प्रधानमन्त्री ओली

0
kp woli3333333333333

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि भएको प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।

पाँचौ इन्द्रदह पर्यटन महोत्सवमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहालविरुद्ध कटाक्ष गरेका हुन्।

‘सरकारसँग वार्ताका लागि तयार छु भनेर विप्लवले विज्ञप्ति निकालेछन्,’ ओलीले भने, ‘विज्ञप्ति निकालेपछि कतिपयलाई छटपटि भएको छ। लौ हामी तिर आउँछ कि भनेको सरकारतिर पो गयो भनेर।’ विप्लव नेतृत्वको नेकपाले शनिबार एक विज्ञप्ति निकालेर महासचिव विप्लव आफैं वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन्। विप्लवले त्यसका लागि आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था हुनुपर्ने सर्त तेर्स्याएका छन्।

फरक राजनीतिक बाटोमा रहेका विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोहोर्‍याउन आफूले पहल गरिरहेकोसमेत ओलीले जानकारी दिए। सरकारलाई अवरोध गर्ने व्यक्तिहरु पार्टीबाट बाहिरिएपछि बल्ल देश र जनताको पक्षमा उल्लेखनीय काम अघि बढाउन सहज भएको ओलीले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed