मेयर र उप–मेयर कप क्रिकेट हुँदै, यी टोली हुनेछन् सहभागी ?

0
ccr

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उप–मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।

मेयर कप क्रिकेट क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उप–मेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ ।

दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ।

मेयर र उप–मेयर क्रिकेट प्रतियोगितामा सम्पुर्ण खेलहरु सुन्दरखाली खेल मैदानमा सञ्चालन हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए।

मेयर कप क्रिकेटको प्रथम पुरस्कार ७५ हजार र द्वितीय पुरस्कार ५० हजार रहेको छ भने उप–मेयर क्रिकेटको विजेता टोलीले ४५ हजार पाउनेछ भने उप–विजेताले ३० हजार पुरस्कार पाउने नगर क्रिकेट समितिले जनाएको छ।

क्रिकेटको विकासका लागि दशरथचन्द नगरपालिकाले क्रिकेट प्रतियोगितालाई नगरपालिकाको कार्यक्रममै समावेश गरिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए।

प्रतियोगिताले महिला तथा पुरुष खेलाडी उत्पादनमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उप–प्रमुख मिना चन्दले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed