हिरोइनको आयु नाप्ने हैसियत टेलिभिजन प्रस्तोताको हुदैन् :केकी अधिकारी

0
keki

काठमाडौं । अभिनेत्री केकी अधिकारीले हालसालै ‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोताले दिएको अभिव्यक्ति अत्यन्तै अशोभनिय र खेदजनक भएको बताउनुभएको छ ।
फेसबुकका एक स्टाटस लेख्दै आफ्नो तीन दशक लामो ईतिहासको अप्रासंगिक बखान गर्दै नेपाली महिला कलाकारको शारिरिक बनावट माथि गर्नुभएको छुद्र टिप्पणी त्यन्तै अशोभनिय र खेदजनक भएको बताउनुभएको हो । साथै, त्यसै क्रममा उँहाले प्रयोग गर्नु भएको भाषा, प्रस्तुत गर्नु भएको उदाहरण ९दो दिन कि चाँदनी० र देखाउनु भएको तुज्जुकले वास्तवमा उहाँकै चरित्र र मानसिकतालाई उदांगो पारिदिएको छ भन्दा फरक नपर्ला। लेखेकी छन् । अभिनेत्री अधिकारीले ढुक्क हुनुहोस्, हामी यस्ता प्रवृति र यस्ता मानसिकताको सदैव विरोध र वहिष्कार नै गर्ने छौँ। समेत बताउनुभएको छ ।
फेसबुकमा केकीले भन्नुभएको छ, स्मरण रहोस्, पेशागत आयु दिर्घकालिन वा अल्पकालिन हुनसक्छ तर त्यसको आयु निर्धारण गर्नसक्ने हैसियत कसैको हुँदैन। जतिनै लामो ईतिहास भएपनि बेला बेला लागिरहने तीन मिनेटको ग्रहण, ग्रहण नै हुन्छ। दुई दिनकै भएपनि चाँदनीको पहिचान उज्यालो नै हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed