आजको गिरावटलाई विश्लेषण गरेर हेर्दा ?

0
Graph_1_28

काठमाडौं । दिनभर जस्तो दोश्रो बजारमा बिक्री चाप आउँदा नेप्से परिसूचक ३९ दशमलव २३ अंकले घटेर २४२६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव ६० प्रतिशतले घटदा ६ अर्ब २५ करोडको शेयर कारोवार भएको छ ।

आज कारोवार रकम ६ अर्ब २५ करोड भएको छ । शेयरबजार घटेको बेला यसरी कारोवार रकम घट्नु  नकारात्मक मानिन्छ । बजार घटेको बेला कारोवार रकम घटनाले लगानीकर्ता आक्रामक रुपमा शेयर बेचेको बुझ्न सकिन्छ ।

केहि दिन देखि घटदै गरेको बजारले बजारको आजको घटाई प्राकृतिक भएको तर आजको ग्राफले केही बिक्रीकर्ताले नाफा बुक गर्न तर्फ लागेको बुझ्न सकिन्छ।

दोश्रो बजार २४४९ को विन्दुमा खुलेकोमा २४५२ को उच्च विन्दुसम्म पुगेको थियो । बजारको न्यून विन्दु २३९१ रहेको छ ।

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु:

आज होटेल टुरिजम र ट्रडिङ उपसुचकमा मात्र वृद्धि भएको छ। बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा १.२९ प्रतिशत माथिको गिरावट देखिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed