कांग्रेस सभापति देउवाले गरे फेरी पाँचवटा केन्द्रीय विभाग गठन (नामावलीसहित)

0
congresss party office

काठमाडौं‌। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न पाँचवटा केन्द्रीय विभागमा पदाधिकारी तथा सदस्यहरुको मनोनयन गनुर्भएको छ ।

सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आज उक्त मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार उद्योग व्यापार विभाग प्रमुखमा चिनकाजी श्रेष्ठ, उपप्रमुखमा अनिलकुमार रुग्गटा तथा सचिवमा दीर्घमान श्रेष्ठसहित सदस्यहरु मनोनीत हुनुभएको छ ।

सभापति देउवाले आदिवासी जनजाति विभाग प्रमुखमा सीता गुरुङसहित सदस्यहरु, नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा गोविन्द भट्टराईसहित सदस्यहरु, श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुखमा शिवप्रसाद हुमागाइँसहित सदस्यहरु, राज्य प्रशासन विभाग प्रमुखमा केशवकुमार बुढाथोकीसहित सदस्यहरु नियुक्त गरेका छन्।

यसैगरी संगठन विभागको उपप्रमुखमा चितवनका पृथ्वीमान गुरुङ, स्थानीय तथा समन्वय विभागमा जुम्लाका हरिकृष्ण हमाल र वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा स्याङ्जाका केशवराज लम्साललाई मनोनयन गरेको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।

 

यसअघि आइतबार सभापति देउवाले कांग्रेसमा रहेका १२ विभागमा ४६४ जनालाई मनोनीत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed