ओली समूहको दलको बालुवाटारमा संसदीय बैठक बस्दै

0
kp woli

 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन् । सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठक केहीबेरमै बालुवाटारमा बस्ने छ । संसद बैठक समयमा सुरु नभएको भन्दै ओली बालुवाटार फर्किएका छन् । ओली फर्कनासाथ दलको बैठक बोलाएका हुन् ।

संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसला मान्ने तर पूर्ण पाठ हेर्न नपाएको प्रतिक्रिया दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed