पिताको मृत्युमा समेत राजनीति गर्न खोजियो : पूर्वमन्त्री बस्‍नेत

0
mohan basnet

काठमाडौं । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्‍नेतले साउन २२ मा निधन हुनुभएका आफ्ना ८४ वर्षीय पिताको शव त्रिवि शिक्षण अस्पतालले राति नै निकालेर लैजान बाध्य पारेको बताउनुभएको छ ।

बस्‍नेतका ८४ वर्षीय बुवाको निधनपछि दाहसंस्कारसमेत भइसकेको अवस्थामा ६ दिनपछि सरकारले कोरोना पुष्टि गरेपछि अहिले सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्र तनाव ग्रस्त बनेको छ।

पितृशोकको दुस्खद अवस्थामा आफ्ना बुवाको मृत्युमा समेत राजनीति गर्न खोजिएको पूर्वमन्त्री बस्‍नेतले एक विज्ञप्ति निकाल्दै भन्नुभएको छ । राजनीतिक कुचेष्टासहित बुवाको शव पिसिआर रिपोर्टसमेत नआई जवरजस्ती अस्पतालबाट लगिएको भनेर आफूलाई बदनाम गर्न खोजिएको उहाँको गुनासो छ । उहाँले आफ्ना बुवाको मृत्यु कोरोनाले भन्दा दुवै मिर्गौलाले काम नगरेका कारण भएको बताउनुभयो ।’

वास्तवमा बुबाको मृत्यु दुवै किड्नी खराब भएकाले हो। उपचारमा संलग्‍न स्वास्थकर्मीले तुरुन्त शव निकाल्नु भन्दा पनि हामीले भोलिपल्ट बिहान ७ बजे मात्रै शव निकालेका थियौँ’, उहाँ भन्नुभयो । ‘शिक्षण अस्पतालमा उपचारका लागि लैजाँदा सुरुमा पिसिआर नेगेटिभ देखिएको थियो।’

पहिलो उपचारपछि घरमै आराम गरिरहेको अवस्थामा स्वास्थ्यमा पुनस् समस्या आएपछि मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको उहाँले बताउनुभएको छ । त्यहाँ डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारी गराएको बस्नेतले बताउनुभयो । ‘डाक्टरले दुवै किड्नी ड्यामेज भएकाले निधन भएको बताएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं’, उहाँले भन्नुभयो ।

‘दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारीपछि दाहसंस्कारमा धेरै शुभचिन्तक सहभागी भए।’ बस्‍नेतले मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक सातापछि सार्वजनिक गरिएकोमा आपत्ति जनाउनु भएको छ ।’नमुना लिएको ६ घण्टामा आउने रिपोर्ट कोरोना लागेर मृत्यु भएको भन्दै स्वास्थ्य मन्त्रालयबाट एक सातापछि समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी छैन’, उहाँले भन्नुभयो, ‘यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राति नै शव लैजानु भन्‍ने अमानवीय हर्कत भयो ?

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed