सरकारले निजी क्षेत्रलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन ल्याउन अनुमति दियो

0
7144132701670919353covid-19-vaccine.

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको थप खोप निजी आयातकर्तामार्फत ल्याउने तयारी थालेको छ ।

औषधी व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै निजी आयातकर्तालाई आयायात अनुमति दिइने जनाएको हो । विभागका अनुसार निजी कम्पनीले कर लगायत सबै मूल्य विश्लेषण गरि बढीमा १० प्रतिशत मुनाफा राखी खोप ल्याउन पाउनेछन् । त्यसका लागि खोपको अन्तिम मूल्य, ढुवानी, सेवा कर लगायत सबै विवरण खुलाई सात दिनभित्र आयात अनुमातिका लागि आवेदन दिन विभागले सूचित गरेको छ ।

यसअघि निजी क्षेत्रलाईसमेत वैधानिक बाटो खुला गरेको जनाएको विभागले आयातका लागि औपचारिक आह्वान भने पहिलो पटक गरेको हो । २० लाख डोज खोप खरिदका लागि सरकारले भारतको सिरम इन्स्टिच्युटलाई अफ इन्डियालाई शतप्रतिशत रकम भुक्तानी गरिसकेको भए पनि सिरमले हालसम्म १० लाख डोज खोप मात्रै पठाएको छ ।

सरकारले खरिद गरेको सबै र विश्व स्वास्थ्य संगठनले प्रदान गर्ने भनिएको कोभ्याक्सअन्तरगतको खोप आइनपुग्दै निजी आयातकर्तामार्फत ल्याउने तयारी अघि बढाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed