नेपाल राष्ट्र बैंकमा ९ कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे (नामावलीसहित)

0
nepal-rasta-bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको कार्यभार हेरफेर गरेको छ । कार्यकारी निर्देशकबाट एकै पटक दुई जना डेपुटी गभर्नरमा नियुक्त भए सँगै राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको जिम्मेवारी परिवर्तन गरेको हो ।

राष्ट्र बैंकले सुपरिवेक्षण विभागका मुकुन्द कुमार क्षेत्रीलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरेको हो । त्यस्तै विकास बैंक सुपरिवेक्षण विभागका ऋषिकेश भट्टलाई सम्पत्ती तथा सेवा व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

वित्त व्यवस्थापन विभागका प्रतिप राज पौडेललाई विकास बैंक सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभागका डा. गुणाकर भट्टलाई बैंक सुपरिवेक्षण विभाग, बैंकिङ विभागका नरेश शाक्यलाई राष्ट्र ऋण व्यवस्थापन विभाग, सम्पत्ती तथा सेवा व्यवस्थापन विभागका सुमन कुमार अधिकारीलाई लघुवित्त संस्था सुपरिवेक्षण विभाग, लघुवित्त संस्था सुपरिवेक्षणका डा. प्रकाश कुमार श्रेष्ठलाई आर्थिक अनुसन्धान विभाग, जनशक्ति व्यवस्थापन विभागका रामु पौडेललाई विदेशी विनिमय व्यवस्थापन विभाग, राम बहादुर मानन्धरलाई बैंकिङ विभागमा सरुवा गरिएको छ ।

राष्ट्र बैंकले दयाराम शर्मा पंगेनी र तुलसी प्रसाद गौतमलाई कामु कार्यकारी निर्देकमा बढुवा गरेको छ । शर्मालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र गौतमलाई जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ।

को कहाँ पुगे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed