बीएण्डसीलाई सम्बन्धन दिए ओलीको राजीनामा मागेर सत्याग्रह बस्छु:डा.गोविन्द केसी

0
GKC1615899386

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री के.पी.शर्मा ओलीले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनको लागि चिकित्सा शिक्षा आयोगको बैठक बोलाएको आरोप लगाएका छन्।

डा.केसीले मंगलबार विज्ञप्ती जारी गर्दै “यो अवस्थामा मेडिकल कलेजलाई अवैधरुपमा सम्बन्धन दिलाउनका लागि भोलि चैत ४ गते चिकित्सा शिक्षा ऐनको प्रावधान मिचेर प्रधानमन्त्री आफैँले चिकित्सा शिक्षा आयोगको बैठक बोलाउन लगाएको भन्ने सूचना अहिले आइरहेको छ,” केसीले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, “साथै आयोगका पदाधिकारीलाई सम्बन्धन दिन नमानेमा अख्तियारमा हालै अवैधरुपमा नियुक्त गरिएका पदाधिकारीमार्फत मुद्दा लगाउनेसम्मका प्रक्रिया अघि बढाएको खण्डमा प्रधानमन्त्री ओलीको राजीनामाको मागसमेत राखेर तत्काल सत्याग्रह सुरु गर्ने घोषणा गर्दछौैं ।”

विज्ञप्तिमा भनिएको छ,‘आयोगको बैठक बोलाएर ऐन विपरीत जबरजस्ती सम्बन्धनको प्रक्रिया अघि बढाएको खण्डमा प्रधानमन्त्री ओलीको राजीनामाको मागसमेत राखेर तत्काल सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं।’

विज्ञप्तिमा प्रधानमन्त्री के।पी।शर्मा ओली र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको निर्देशन बमोजिम चिकित्सा शिक्षा ऐन र नियमावलीको समेत ठाडो उल्लंघन गरी मेडिकल कलेजलाई सम्बन्धन दिलाउनका लागि अनैतिक हर्कत गर्नु कुनै पनि हालतमा क्षम्य नहुने उल्लेख गरेका छन्।

ओली मन्त्रीमण्डलका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, धुलिखेलस्थित काठमाडौ विश्वविद्यालय तथा धरानस्थित वि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप-कुलपतिलगायतका पदाधिकारी तथा अन्य आसेपासेलाई परिचालन गरेको भनेका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed