काठमाडौं । चलचित्र ‘ए’ को छायाँकन सुरु भएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् र थ्रिलर चलचित्र ‘ए’ को शुभ मुर्हत गरेर छायाँकन सुरु भएको छ ।
आज विहान कलाकार रवि गिरीले मुर्हत टेक दिएर सुरु भएको चलचित्रको छायाँकन भने काठमान्डौं, बनेपा र सागाँमा हुने निर्माण टिमले जानकारी दिएको छ ।
यस चलचित्रको मुख्य भुमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत र रवि गिरी रहेका छन् भने अन्य कलाकारमा प्रविन खतिवडा, सि।एम भारद्वाज, बिकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की र गिता विष्ट छन् भने बाल कलाकारमा जसिका घिमिरे, अभिमान सिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापा रहेका छन् ।
यो चलचित्रको पटकथा तथा सम्बाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ । चलचित्रको छायाँकंन मोहन कुमार झिल्लुले गर्ने भएका हुन् भने सक्पादनमा अनिल कुमार महर्जनको रहेको छ ।
यस चलचित्रको निर्देशन भने भोमन कटुवालले कटुवालले गर्दैछन् चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ ।