विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै नेविसंघद्वारा देशव्यापी आन्दोलन घोषणा

0
nabisang logo

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंको कीर्तिपुर र वीरगन्जमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
नेविसंघले आइतबार विज्ञप्ति जारी गरेर गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।
अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै भदौ २ गते देशव्यापी प्रदर्शन गरिने उल्लेख छ । त्यसअघि नेविसंघले भदौ १ गते देशभरका क्याम्पस बन्द गर्ने भएको छ ।
यसअघि नेविसंघले शुक्रबार काठमाडौं उपत्यकाभित्रका सरकारी क्याम्पसमा तालाबन्दी गरेको थियो। त्रिविले आफ्ना माग सुनुवाइ नगरेको विरोधमा उपकुलपति कार्यालयलगायतमा नेविसंघले तोडफोड गरेपछि आठ जना पक्राउ परेका थिए। नेविसंघले भने शान्तिपूर्ण आन्दोलनमा सहभागी नेविसंघ नेताहरूलाई झुटा मुद्दा लगाइएकोले आन्दोलन घोषणा गर्नु परेको अध्यक्ष राजिव ढुगांनाले बताउनुभएको छ ।

यस्तै वीरगञ्जमा निषेधाज्ञा उलंघनको आरोपमा नेविसंघका कार्यकर्ता पक्राउ परेका थिए। सिडिओलाई ज्ञापन पत्र दिन जाने भन्दै उनीहरूले प्रदर्शन गरेको प्रहरीको भनाइ छ।नेविसंघले त्रिभुवन विश्वविद्यालयका विकृति, विसंगति र राजनीतीक भागबन्डा अन्त्यको पनि माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed