काठमाडौं । नेपाली काग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुमतको समर्थन छ भन्दै दाबी गर्ने अवैधानिक र अनैतिक हुने बताएका छन् ।
एमाले अध्यक्षसमेत रहेका ओली १५३ सांसदको समर्थन रहेको भन्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अन्तिम पटक सुध्रिन मौका आएको भन्दै सच्चिन आग्रह गरेका छन् । उनले विगतमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दाग सही निर्णय लिएर हटाउन पनि राष्ट्रपतिलाई आग्रह गरेका छन् ।
यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ।राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ।
महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!!नभए भिर बाट खस्ने लाई राम राम (२/२)— Gagan Thapa (@thapagk) May 21, 2021