‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ खोप लगाउने सरकारको तयारी

0
collage (27)

काठमाडौं । सरकारले भारतबाट कोरोनाभाइरसविरूद्ध किनेको खोप ’कोभिसिल्ड’ नआउने पक्कापक्की भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै ’कोभिसिल्ड’ खोप नआउने भएपछि दोस्रो डोज लगाउन बाँकी नागरिकलाई अष्ट्राजेनेकाकै अन्य देशमा उत्पादित खोप दिने तयारी गरीएको छ ।

सूचनामा भारतीय कम्पनी ’सेरम इन्स्टिच्युट’ ले खोप उलपब्ध गराउन असर्मथ रहेको पत्र पठाएको भन्दै पहिलो डोज कोभिशिल्ड लगाएका व्यक्तिलार्ई उस्तै प्रकृतिको ’अष्ट्राजेनेका’ खोप लगाउने निर्णय गरिएको जनाएको छ।

नेपालले सेरमसँग किनेको २० लाख डोजमध्ये १० लाख डोजमात्र आएको छ। बाँकी १० लाख डोज पनि छिट्टै दिने भनेको सरेमले पछि दिन नसक्ने भन्दै नेपाललाई पत्र पठाएको हो।

सेरमबाट खोप नआउने निश्चित भएसँगै अहिले सरकारले उक्त खोपको सट्टामा उस्तै प्रकृतिको खोप जुटाउन विभिन्न देशसँग पहल गरिरहेको छ।मन्त्रालयले पहिलो डोज लगाएका मानिसलाई १२ हप्तापछि पनि खोप लगाउन मिल्ने भन्दै पहिलो डोज लगाएका मानिसहरूलाई धैर्यता गरिदिन आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो डोज लगाउनु पर्ने संख्या झन्डै १३ लाख छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed