त्रिकोणात्मक सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

0
National-Cricket-Team

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले शुक्रबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई टिममा बोलाएको हो । क्यानले बोलाएको टिममा शरद भेषवाकर र पृथु बास्कोटा अटाएका छन् । उनीहरुले घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज खेलेका थिएनन् । तर, बलर बसन्त रेग्मी, रोहित पौडेल टिममा परेका छैन ।

नेपालले खेल्ने यस त्रिकोणात्मक सिरिज जुलाईमा स्पेनम हुनेछ । सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक देभ वाटमोर नेपाल आईसकेका छन् । नेपालले सोमबारबाट तयारी थाल्ने क्यानले जनाएको छ ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो । ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।

बन्द प्रशिक्षणका लिग बोलाइएका खेलाडीहरू:

१. ज्ञानेन्द्र मल्ल,२. कुशल भुर्तेल,३.आरिफ शेख,४. पारस खड्का,५. दीपेन्द्रसिंह ऐरी,६. आसिफ सेख,७. कुशल मल्ल,८. विनोद भण्डारी

९. करण केसी,१०. सन्दीप लामिछाने,११. सोमपाल कामी,१२. कमल सिंह ऐरि,१३. अविनाश बोहरा,१४. सन्दीप जोरा,१५. साहब आलम

१६. सुशान भारी,१७.शरद भेसवाकर,१८.विक्रम सोब,१९. पवन सर्राफ, २०. पृथु बाँस्कोटा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed