• ११ मंसिर २०८१, मंगलवार
मेलम्चीका बाढी पीडितलाई प्रधानमन्त्री ओलीले जस्तापाता र रकम दिने आश्वासन


सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र मेलम्चीमा प्रति परिवारलाई जस्तापाता र ५० हजार रुपैयाँ दिने आश्वासन दिएका छन् ।

हेलम्बु गाउँपालिकाको गणेश बगर र मेलम्ची नगरको मेलम्ची बजार अवलोकन गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेनाले ध्वस्त भौतिक संरचना पुनर्निर्माण गरिने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘हेलम्बु र मेलम्ची भेगका विस्थापित ३ सय ६७ परिवारलाई १५ सय बण्डल जस्तापाता र अन्य प्रभावितलाई ५० हजार दिनेछौं, भत्किएका अन्य ब्रेलिब्रिजको बदला मोटरबेल पुल बनाउनका लागि योजना तयार गर्दैछौ,’।

उनले नदीको तट क्षेत्र या वरीपरी आवास संरचना नबनाउन सुझाव दिए । ‘अन्य भौतिक संरचना पनि तटक्षेत्रबाट दीर्घकालीन रहने गरी बनाउन इन्जिनियर साथीहरुलाई मेरो सुझाव छ , नदीले झनै बर्खापिच्छै गहिरो बनाइरहन्छ,’ उनले भने । स्थायी संरचना निर्माण गर्न मेलम्चीमा चार लाख र हेलम्बुमा पाँच लाख दिइने उनले प्रतिबद्धता गरेका छन् ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनालाई सन २०२१ या पुसभित्रसम्म राजधानी पुर्‍याउन मुस्किल देखिएपनि त्योभन्दा अघि अर्को साल लाग्न नपओस् भन्नेमा ध्यान दिइरहेको उनले उल्लेख गरे ।

Nabintech