संसद विघटन सम्बन्धी मुद्दाको फैसला आज आउँदै

0
collage (28)

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला सोमबार आउँदै छ ।

असार २१ गते सोमबार रिट पक्षीयको जवाफ र एमिकस क्यूरीको धारणा सुनेपछि सर्वोच्च अदालतले असार २८ गते सोमबार ९आज० का लागि फैसला मिति तोकेको थियो । संसद विघटन मुद्दामा एमिकस क्यूरीका चारजनाले धारणा राखेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा संसद विघटन बदरको मागसहित १४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाई भएको हो ।

निवेदक पक्षका अधिवक्ताहरुले राष्ट्रपतिबाट संविधानले दिएको भन्दा बाहिर गएर अधिकारको प्रयोग भएको, संसद विघटनको घोषणा असंवैधानिक रहेको तथा संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनमा सांसदहरुमाथि दलको ह्वीप नलाग्ने जिकिर गरेका थिए बहसको क्रममा ।

सरकारी पक्षले सबै काम संविधान अनुसार नै भएको र धारा ७६ ९५० मा पनि दलीय ह्वीप लाग्ने बहस गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed