काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । ट्वीटरमार्फत मोदीले देउवालाई कार्यकालको सफलताको शुभकामना समेत दिएका छन् ।
नागरिक तहको सम्बन्धलाई थप प्रगाढ बनाउँदै देउवा सरकारसँग भारत मिलेर अगाडि बढ्न चाहेको कुरा मोदीले उल्लेख गरेका छन् । साथै, विभिन्न क्षेत्रलाई थप सुद्धढ बनाउने चाहना पनि मोदीले व्यक्त गरेका छन् ।
देउवाले विश्वासको मत लिएको घोषणा सभामुखले गर्ने केही मिनेटमै मोदीले ट्वीट गरेका थिए ।
Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties.
— Narendra Modi (@narendramodi) July 18, 2021