माधव नेपालले ओलीलाई काटाक्ष गर्दै भने,’श्री ५ महाराजले आममाफी दिए, हामी गद्‌गद् भयौँ !’

0
madav kumar nepal

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् ।

शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक’ प्रवचन कार्यक्रममा बोल्दै ओली अझै परिवर्तन नभएको बताए ।

नेता नेपालले भने, “हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरूलाई आम माफी दिइन्छ, एम्नेस्टी इज ग्रान्टेड, अनि हामी गद्गद् भयौँ, महाराजाधिराज, हामी गद्गद् भयौँ, वाह वाह वाह, महाराजाधिराज खुसी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो, खुसी हुनु पर्ने भयो, यही हो कम्युनिस्ट पद्धति रु स्पष्टीकरण सोध्नु गल्ती थियो, मैले हतार गरेँ गल्ती भयो भनिदिएको भए हाइट घट्थ्यो । मेरो निवासअघि राति मोटरसाइकलमा आएका १५र२० जनाले तर्साउन खोजे तर माधव नेपाल तर्सिने मान्छे हो, फलामको जस्तो शरीर हुन्छ कम्युनिस्टको, त्यत्तिकै डराउँदैन ।”

उनले एकतामा असर पुग्ला भनेर आफूले बिहीबारका २ कार्यक्रममा ख्याल गरेर बोलेको बताए । भक्तपुरमा पिपुल्स भोलिन्टियर गठन गर्दा आफूले कार्यकर्तालाई ‘बाँदर’ बनेर नहिँड्न निर्देशन दिएको पनि बताए ।

उनले कोटेश्वरमा आफ्नो निवास अगाडि राती मोटरसाइकलमा पन्ध्र बीस जना बसेर तर्साउन खोजेको समेत खुलासा गरेका छन् । आफू त्यस्तो प्रवृतिबाट नतर्सिने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed