Banking Khabar
ब्यानर न्युज

निर्वाचन आयोगकमा पुगेका रेशम चौधरीले भने: ‘श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन् !’

shilalekha
shilalekha
प्रकाशित: July 26, 2021
July 26, 2021
सेयर:

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवादको हस्ताक्षर सनाखत गराउन निर्वाचन आयोग पुगेका रेशम चौधरी तटस्थ बसेका छन्।

उनले निर्वाचन आयोग पुगेर जसपाका दुबै पक्षका नेतासँग कुरा गरेर बाहिर निस्केपछि पत्रकारसँग आफू तटस्थ बस्ने निर्णय गरेको जानकारी दिए। उनी निलम्बित प्रतिनिधि सभाका सांसद तथा केन्द्रीय कार्यकारिणीका सदस्य हुन्।

आज जेलबाट निर्वाचन आयोग आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन,’ उनले भनेका छन्, ‘मेरो पक्ष पनि जसपा हो विपक्ष पनि जसपा हो र म जसपाको एउटा कार्यकर्ता हुँ।’

यसअघि दुबै पक्षले आफ्नो पक्षमा चौधरी रहेको बताउँदै आएका थिए। तर, चौधरी तटस्थ बसेर सनाखत नगरी फर्किए। उनले आफू निर्दोष रहेको जिकिर गरे। ‘निर्दोषीलाई थुन्न पाइँदैन, न्याय पाउँ श्रीमान् न्याय,’ उनले भने।

उनले आफू निष्ठाको राजनीति गर्नेसमेत बताए। यस्तै महन्थ ठाकुरलाई भिष्मपितामह दर्जा कायम गर्न सुझाव दिएका चौधरीले युद्वको नियमका कारण बाण हान्नु परेको महाभारतको प्रसङ्गसमेत सुनाउन भ्याएका थिए।

चौधरीको भनाइ जस्ताको तस्तैः

म पार्टीको बफादार सिपाही र इमान्दार कार्यकर्ता हो । म जनता समाजवादी पार्टीबाट सदस्य भएर निर्वाचन लडेको हुँ । त्यसैअनुसार कैलाली जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित पनि भएँ । म तीन वटा कुरा तपाईंहरुसामु भनेर जान चाहन्छु ।

एउटा कुरा मेरो दुईटा अध्यक्षलाई र विशेषतः जो साथीले म विजय प्राप्त गरेको छु भनेर भन्नु भएको छ, त्यो वर्गलाई पनि मेरो एउटा सुझाव छ –महाभारतको युद्धमा भिष्मपितामहलाई थाहा थियो तर पनि उनी दुर्योधनको पक्ष लिएर लडाइँ लड्न बाध्य भए ।

युधिष्ठिर र अर्जुनले युद्ध जित्छन् भन्ने उहाँलाई थाहा थियो । तथापि उहाँ दुर्योधनको पक्षमा उभिनुभयो । युद्ध हुन्जेलसम्म अर्जुनले हानेको बाँणले भीष्मपितामह लड्नुभयो र युद्ध हुन्जेलसम्म हरेक दिन अर्जुन युद्ध सकिएपछाडि पनि भीष्मपितामहलाई सोध्न जानुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘मैले तपाईँलाई बाँण हान्न नहुने तर एउटा निष्ठाका कारण युद्धको नियमका कारणले मैले तपाईँलाई बाँण हान्नुपर्७शधवसयो क्षमा पाउँ भिष्मपितामह’ भनेर भन्नुहुन्थ्यो । मेरो पार्टीमा मेरा अध्यक्ष महोदयहरूमा अत्यन्त श्रद्धेय लाग्छ, महन्थ ठाकुर । उहाँ अत्यन्त आदर्श र सम्मानको पात्र हुनुहुन्छ । कसैले एक पक्षले बाजी मार्ला कसैले हार्ला तर जिन्दगीभरी कमाएको निष्ठाको लागि म महन्थ ठाकुरप्रति भीष्मपितामहको एउटा दर्जा दिन्छु । उहाँकहाँ गएर सबैले मैले के गर्नुपर्छ, मैले जितिनँ, हामी मिल्नुपर्छ, हामी एक हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ ।

आज जेलबाट यस निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन । मेरो लागि पक्ष जसपा हो, विपक्ष पनि जसपा हो । म जसपाको एउटा कार्यकर्ता हुँ । आज राजनीतिक मुद्दाका कारणले म जेल बस्नुपरेको छ । मेरो मुद्दामा मेरो पार्टी कतिको लडिरहेको छ त्यो उहाँहरूको दृष्टिकोण होला ।

अर्को कुरा, (कवितात्मक शैलीमा)

कठघरामा उभिएर जति सत्य बके पनि

न्याय पाउँ भन्दै हजुर सयौँ पटक झुके पनि

निरीह ठान्दा रहेछन् शीर निहुराएपछि

दोषी ठहर्७शधवसयाउँदा रैछन् चुप लागेर बसेपछि

श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन

दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन

अर्को तीन वटा प्वाइन्ट, एक न्याय, दुई न्याय, तीन न्याय !