Banking Khabar
ब्यानर न्युज

ओली सरकारले नियुक्ति गरेका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय

shilalekha
shilalekha
प्रकाशित: September 21, 2021
September 21, 2021
सेयर:

काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति अन्तर्गतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

फिर्ता हुनेहरूमा नेपालको आन्तरिक र कूटनीतिक मामिलामा महत्वपूर्ण अर्थ राख्ने मुलुकहरू भारत, चीन, अमेरिका र बेलायतका राजदूत पनि छन् । सरकारको निर्णय अनुसार फिर्ता हुने राजदूतहरूमा भारतका नीलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, अमेरिकाका युवराज खतिवडा र बेलायतका लोकदर्शन रेग्मी छन् ।

नेपाल र भारतबीचका समस्याहरू अध्ययन र सुझाव दिनका लागि गठित ईपीजीमा सदस्यको रुपमा समेत काम गरेका आचार्यलाई ओलीले पछि राजदूत बनाएर पठाएका थिए । त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ओलीका विश्वास पात्र पाण्डे चीनका लागि राजदूत भएका थिए । उनी पनि फिर्ता हुने सूचीमा छन् ।

अर्थमन्त्रीबाट ओलीले युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार बनाए । त्यसपछि उनलाई अमेरिकाको राजदूतमा पठाएका थिए ।

बेलायतका रेग्मी चाहीँ मुख्यसचिवबाट सिधै राजदूत बनेका थिए । सरकारको निर्णय अनुसार फिर्ता हुने मापदण्डमा कतारका नारद भारद्वाज, दक्षिण अफ्रिकाका निर्मल विश्वकर्मा, जापानकी प्रतिभा राणा, बंगलादेशका डा वंशीधर मिश्र, मलेशियाका उदयराज पाण्डे, स्पेनकी दावा फुटी शेर्पा, इजरायलकी अञ्जान शाक्य छन् ।

जापानका नेपाली लागि राजदूत प्रतिभा राणा र ओमनकी शर्मिला पराजुली ढकालको समय यसअघि नै सकिएको थियो । तर ओलीले केही समय थपेका थिए । ओली सरकारले थपेको उनीहरुको समय पनि यही महिना सकिँदैछ । राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी सासुसमेत हुन् ।