बाबुरामलाई ओलीको प्रश्न : भूमिगत हुदा कहाँको आम्दानीले बेलायतमा छोरी पढाउनुभयो ?

0
collage (65)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कहाँको पैसाले छोरी मानुषीलाई बेलायतमा पढाएको भन्ने प्रश्न गरेका छन्।

‘महिनाको कमसेकम पाँच लाख खर्च हुने ठाउँमा कसरी छोराछोरी पढाउनुभएको थियो, भूमिगत हिन्दाखेरि कहाँको आम्दानीलेरु,’ एमालेले आज काठमाडौंमा गरेको एक कार्यक्रममा ओलीले भने, ‘बाबुरामका छोराछोरी त बेलायत पढ्थे। हामी बेलायत जाने भिषा पाउँदैनथ्यौं। बाबुरामका छोराछोरीले भिषा पाउथे, के कारणले होलारु’

ओलीले माओवादी सशस्त्र विद्रोहका क्रममा १७ हजारको मृत्यु हुँदासम्म पनि त्यसका नेता पुष्पकमल दाहाल बाँचेको बताए । उनले भने, ‘प्रचण्ड बाँचे, १७ हजार मरे । बाबुराम बाँचे, बाबुरामका छोराछोरी त बेलायत पढ्थे ।’

बाबुराम भट्टराई भूमिगत हुँदा पनि उनका छोराछोरी बेलायत कसरी पढेका थिए रु भनेर ओलीले प्रश्न गरेका छन् ।

‘हामी बेलायत जान भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । के जादु होला त्यसमा रु एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ, नागरिकता पाउन, पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको रु कहाँ भिसा लाग्यो रु बाबुरामजी बताउनुस् त ?’ ओलीले थप प्रश्न गरे, ‘बेलायतमा २, ४, ५ लाख खर्च हुन्छ महिनाको । कहाँ कमाउनुभएको थियो भूमिगत हिँड्दाखेरि ?’

माओवादी नेताहरू भूमिगत हुँदा युरोप घुमेको ओलीको दाबी थियो । उनले आफूहरूको प्रहरी रेकर्ड खराब भएको भनेर पासपोर्ट नपाएको बेला विद्रोही नेता भने युरोप घुमेको बताए । ‘पुलिसको रिपोर्टले दिँदैनन्थ्यो । मैले २०४८ सालमा सांसद भएपछि पासपोर्ट बनाएको । हाम्रो पुलिस रेकर्ड खराब, प्रचण्ड-बाबुरामको पुलिस रेकर्ड खराब थिएन ?’
एमाले अध्यक्ष ओलीले प्रश्न गरेको केहीबेरमा ट्वीटमार्फत् जवाफ दिँदै  बाबुराम भट्टराईले ओलीले तथ्यहीन कुरा गरेको बताएका छन्।

‘मित्र खड्गप्रसादजी, पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन। हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९(५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन्। त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नुस्,’ भट्टराईले ओलीलाई जवाफ दिँदै भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed