Banking Khabar
ब्यानर न्युज

खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

shilalekha
shilalekha
प्रकाशित: December 17, 2021
December 17, 2021
सेयर:

काठमाडौं। नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार किशोरसिंहले २५७६ मत पाए भने देवराजले २५५९ मत ल्याए । कुल मत ४६९१ खसेको थियो भने ५६ मत बदर भएको थियो ।

किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए । शुक्रबार सम्पन्न मत परिणामअनुसार ८ सहमहामन्त्रीमध्ये ६ जना देउवा समूहबाट निर्वाचित भएका छन्।

देउवा समूहबाट सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे, खसआर्यतर्फ किशोरसिंह राठौर, मधेशीतर्फ महेन्द्र यादव, मुस्लिमबाट फरमुल्लाह मन्सुर र थारुबाट उमाकान्त चौधरी सहमहामन्त्री बनेका हुन्।

सभापतिमा पराजित शेखर कोइरालाको समूहबाट २ जना सह–महामन्त्रीमा निर्वाचित भएका हुन्। दलिततर्फबाट जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे सहमहामन्त्री निर्वाचित भए। यी सबै पहिलो पटक पदाधिकारी भएका हुन्।

सिटौलानिकट उमाकान्त चौधरी थारुतर्फबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन्।थारूबाट देउवा समूहको साथ पाएका सिटौला पक्षीय उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित भए।