Banking Khabar
ब्यानर न्युज

निर्वाचन आयोगले बनायो नयाँ आचार संहिता : उम्मेदवार बन्न स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने !

shilalekha
shilalekha
प्रकाशित: March 17, 2022
March 17, 2022
सेयर:

काठमाडौं । निर्वाचन आयोगले आगामी वर्ष हुने निर्वाचनका लागि आचार संहिता तयार पारेको छ।

आचार संहितामा सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र परीवेक्षकलगायतले पालना गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ। उक्त आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको छ।

आयोगले तयार पारेको आचार संहिता केही दिनपछि लागू हुनेछ।आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले चैतको दोस्रो साताबाट निर्वाचन आंचारसंहिता लाग्न सक्ने समेत बताउनुभएको छ ।
आचार संहितामा स्थानीय तहका जनप्रतिनिधिहरूले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दावेदार छन् । तर हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता बनाएको छ ।

राजपत्रमा प्रकाशित निर्वाचन आचार संहितको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ ।’

यस्तै आचार संहितामा सामाजिक सञ्जालमा गर्न नहुने कुराहरू पनि समावेश गरिएको छ। राजनीतिक दलहरूले दुई जना मुख्य प्रचारकको नाम आयोगलाई बुझाउनु पर्ने र उनीहरूले हेलिकप्टर पनि प्रयोग गर्न पाउने आचार संहितामा उल्लेख छ।

हेर्नुस् आचार संहिताको पूर्णपाठ