Banking Khabar
ब्यानर न्युज

स्थानीय तह निर्वाचन :आजदेखि मतपत्र छपाइ सुरु,सबैभन्दा ठूलो काठमाडौंको,सबैभन्दा कम डोल्पाको मतपत्र

प्रकाशित: April 4, 2022
April 4, 2022
सेयर:

काठमाडौं ।वैशाखमा हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरू गरेको छ।

०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक करोड ९४ लाख थान मतपत्र छपाइ गरिने बताए।

आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ।

राष्ट्रिय मान्यताप्राप्त ६ दलसहित साना दल गरी ७९ दलले स्थानीय चुनावमा भाग लिँदैछन्। आयोगले साना दललाई पनि उनीहरूले नै प्रयोग गर्दै आएको चुनाव चिन्ह दिने बताएको छ।