कांग्रेसले साना किसानलाई २ प्रतिशतमा र ठूला किसानलाइ ४ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्ने

0
congress gosana patra

 

काठमाडौं । नेपाली कांग्रेसले साना किसानलाई २ प्रतिशतमा तथा मझौला र ठूला किसानलाइ ४ प्रतिशत ब्याजदरमा कृषि ऋणको व्यवस्था गर्ने जनाएको छ ।

आइतबार सार्वजनिक नेपाली कांग्रेसको । संकल्प पत्रमा साना किसानलाई १० हजार बराबरको किसान क्रेडिट कार्ड दिने उपनि जनाएको छ । स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरेर आइतबार सार्वजनिक संकल्प पत्रमा नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रले मत्त्वपूर्ण योगदान गर्दै आएको भन्दै यस क्षेत्रको उत्थानका लागि आजसम्म हुँदै आएका प्रयत्नहरू पर्याप्त नभएको बताइएको छ।

साना किसानलाई दुई प्रतिशतमा तथा मझौला र ठूला किसानलाइ चार प्रतिशत ब्याजदरमा कृषि ऋणको व्यवस्था, कृषि बीमामा साना किसानलाई ९० प्रतिशत र मझौला तथा ठूला किसानलाई ७५ प्रतिशत अनुदान दिइने संकल्प पत्रमा उल्लेख छ।

यसैगरी, उन्नत बीउबिजन एवं उन्नत नश्लका पशुपन्छीमा ५० प्रतिशत अनुदान, कृषि पशुपन्छी तथा मत्स्य उत्पादनमा खपत हुने कृषि विद्युत्मा ५० प्रतिशत छुट, आधारभूत खाद्यवस्तुको न्यूनतम समर्थन मूल्य, बजारीकरणका लागि कृषि एम्बुलेन्स र साना किसानका लागि सावधिक बीमाको प्रिमियममा ५० प्रतिशत सहायता दिने संकल्प कांग्रेसको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed