गगन थापाले ओलीलाई जवाफ दिदै भने,कांग्रेसको घोषणा पत्रमा ‘लजिक’ कुरा छन् ,तपाइजस्तो ‘म्याजिक’ कुरा गर्दैनौ !

0
gagan-kp_6FqVEatzZy

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनका लागि तयार पारिएको संकल्प पत्र ‘गफ’ नभएको प्रष्टिकरण दिएका छन्।

बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका’ विषयक अन्तरक्रियामा यस्तो प्रष्टिकरण दिएका हुन्।

‘संकल्प पत्रमा लखेको कुरा गफ होइन। बुझेर लेखेका हौँ,’ महामन्त्री थापाले भने। उनले पार्टीको चुनावी संकल्प पत्रमा उडन्ते कुरा नराखेको पनि जिकिर गरे।
कांग्रेसको घोषणा पत्रलाई पागल प्रलापको संज्ञा दिएकोमा आपत्ति जनाउँदै उनले झुटलाई कसैले चुनौती दिँदा एमाले अध्यक्ष ओलीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र डा। गोविन्द केसीलाई पनि पागल भनेको स्मरण गरे।

‘झुटलाई कसैले च्यालेन्ज गर्छ उहाँले सबैभन्दा पहिले गाली गर्ने कुरा पागल हो,’ थापाले भने, ‘सुशीला कार्की, गोविन्द केसीलाई पनि भन्नुभएकै हो।’

उनले ओलीलाई ‘लजिक’ भन्दा पनि ‘म्याजिक’ मन पर्ने पनि टिप्पणी गरे। ‘ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ,’ घोषणा पत्र तयारी समितिका संयोजकसमेत रहेका महामन्त्री थापाले थपे, ‘मैले म्याजिकको कुरा गरेको छैन, लजिकको कुरा गरेको छु।’

उनले चुनावबाट फुर्सदिलो भएपछि बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई ट्युसन पढाउने पनि बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed