Banking Khabar
ब्यानर न्युज

बागी उम्मेदवारलाई देउवाको आग्रह,’साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने ठान्नु’ !

shilalekha
shilalekha
प्रकाशित: April 28, 2022
April 28, 2022
सेयर:

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारबाहेक विभिन्न पदमा उम्मेदवारी दिएका कांग्रेसका नेतारकार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

आज अपिल जारी गर्दै सभापति देउवाले गठबन्धन भएका वा कांग्रेसका एकल उम्मेदवारी दिएका ठाउँमा स्वतन्त्र उम्मेदवारी दिने पार्टीका नेतारकार्यकर्तालाई शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु,’ देउवाले भनेका छन्, ‘तर पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु।’

उनले स्वतन्त्र उम्मेदवारी दिने पार्टीका कार्यकर्तालाई निर्वाचन आयोगले तोकेको समयभित्रै निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन भनेका छन्।