बैजनाथका उम्मेदवार शाही भन्छन्,’जनतासँग माफी नमागी पुनः मत माग्ने नैतिक आधार एमालेसँग छैन् !’

0
279817301_4799501003511232_9006275334856069607_n (1)

कोहलपुर । नेपाली कांग्रेस बैजनाथ गाँउपालिका अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाहीले बैजनाथका जनतासँग माफी नमागी पुनः मत माग्ने नैतिक आधार एमालेसँग नभएको कटाक्ष गरेका छन् ।

शुक्रबार बैजनाथको वडा नं २ मा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार शाहीले एमाललेले गत पाँच वर्षमा के काम गर्यो भन्नेर उपलब्धिबारे जनतालाई जानकारी गराउन नसक्ने स्थिती आएको समेत टिप्पणी गरे । ०७४ यता पाँच वर्ष एमालले बैजनाथ पालिका सरकार चलाएको र यो समय खेर फालेको शाहीको आरोप छ।

शाहीले एमालले बैजनाथमा यो गर्छु र त्यो गर्छु भनेर आश्वासन मात्रै दिएको तर काम गर्ने समय खेर फालेकाले पाँच वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताए।

यस्तै शाहीले नाफा नोक्सानको हिसाब किताब गर्ने व्यापारीलाई एमालले उम्मेदवार बनाएको आरोप लगाएका छन् ।
शाहीले भने, ‘आफु सिद्धान्त र विचारको राजनीति गर्ने व्यक्ति हुँ । राजनीति मेरा लागि सेवा तर एमालले क्यालकुलेटर बोकेर हरेक कामको हिसाबकिताब राख्ने व्यापारीलाई उम्मेदवार बनाएर राजनीतिलार्ई ब्यापारीकरण गरेको छ ।’

शाहीले पालिकामा जनतालाई विभिन्न आश्वसान दिएर जनतालाई झुक्काउने काम गरेको बताए । शाहीले पैसाले राजनीति गर्ने भन्दा मनि जनताको मन जित्न सक्नुपर्ने भनाइ राखे ।शाहीले राजनीतिलाई व्यापारिकण गर्ने काममा जोड्न नहुन बताए ।

२०४२ सालमा राजनीति गर्दै गर्दा  २०६० सालपछि घननाथ खनाल विशुद्ध व्यापार गरीरहेका बेला राजनीतिमा केही अवसर पाइन्छ कि भनेर कम्युनिष्ट पार्टीमा लागेको कटाक्ष गरे ।
एमाललेले गरिबलाई चामलको बोरा दिएर,सुकुम्बासीलाई लालपुर्जा दिन्छु भनेर झुटको खेती गरेर नातापाता र आफन्तलाई मात्रै अवसर दिएको  आरोप लगाए ।

जनताको सेवा गर्ने भावनाबाट आफु राजनीतिमा आएकाले एमालेका उम्मेदवार खनालले पैसाले भोट खरीद गरे पनि जनताको मन जित्न नसक्ने शाहीले उद्घोष गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed