Banking Khabar
ब्यानर न्युज

‘पुजारी हत्या’ बिरुद्धको आन्दोलन रोक्न गृहको गोप्य सर्कुलर

shilalekha
shilalekha
प्रकाशित: August 27, 2020
August 27, 2020
सेयर:

काठमाडौँ । रौतहटका पुजारी श्रीराम शाहको हत्यारालाई कारवाही गर्नुपर्ने भन्दै शुरु भएको दवाबपूर्ण प्रदर्शन रोक्न गृहमन्त्रालयले निर्देशन दिएको छ
आइतबार गृहले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई ‘अत्यन्त जरुरी’ पत्र पठाउँदै सो निर्देशन दिएको हो ।

नारायण नगरपालिका–२ स्थित हनुमान मन्दिर परिसरमा गोली हानेर हत्या गरिएको घटनाको हत्या अनुसन्धान गर्नेबारे चाहिँ गृहले सो सर्कुलरमा केही उल्लेख गरेको छैन । भदौ ३ गथे मन्दिर परिसरमा पुजारी शाहको हत्या भएको थियो ।

मन्त्रालयका शाखा अधिकृत प्रतिक राईले हस्ताक्षर गरेरको पत्रमा भनिएको छ–‘हिन्दु धर्म पक्षधरले शुरु गरेको अवान्छित गतिविधि रोक्न र कानुनविपरित काम गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशनुसार अनुरोध छ ।’

पुजारी हत्याको राप्रपाका केन्द्रिय सदस्य तथा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका उपाध्यक्ष ऋषिराज देवकोटाले अनुसन्धान गर्न माग गर्नुभएको छ। उपाध्यक्ष देवकोटाले यसरी दिउँसै पुजारीको हत्या हुनु हिन्दु धर्ममाथिको आक्रमण भएको दावी गर्नुभएको छ । हिन्दु परिषद नेपालले, नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग समेत गरेको छ ।