Banking Khabar
ब्यानर न्युज

कांग्रेसलाई प्रचण्डको चेतावनी- एमालेलाई जस्तो ठेगान लगाउने दिन नआओस् !

shilalekha
shilalekha
प्रकाशित: June 1, 2022
June 1, 2022
सेयर:

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि आफूहरू गठबन्धन गरेर जाने बताएका छन् ।

कांग्रेसमा पनि एमाले जस्तै अहंकार पलाउन लागेकोले चिन्ता लागेको उनले बताए । स्थानीय तह निर्वाचनमा निर्वाचित पदाधिकारीको प्रशिक्षण कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसमा अहंकार पलाए ठेगान लगाउने चेतावनी दिएका हुन् ।

‘गठबन्धन एउटा उद्देश्यका लागि बनेको थियो, कायमै रहन्छ, स्थानीय तहमा प्राप्त शिक्षाको आधारमा गठबन्धनलाई अझ प्रभावकारी बनाउने सोचमा छौं,’ प्रचण्डले भने, ‘कांग्रेस पनि एमालेजस्तै अहंकारी भएर माओवादी केही होइन भन्यो भने हामीले कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् भन्न चाहन्छु ।’

स्थानीय तह निर्वाचनको नतिजापछि कांग्रेसमा पनि अहम् पलाएको प्रचण्डले टिप्पणी गरे । ‘माओवादीले जिताइदिएपछि एमालेमा अहम् पलायो, कांग्रेसको त्यस्तै होला कि भन्ने डर भएको छ,’ उनले भने, ‘यो गठबन्धनलाई लिएर जाने हो, कांग्रेसमा अहंकार नआ‌ओस्, माओवादीलाई हल्का रुपमा लिने काम नगरोस् भन्ने अनुरोध छ ।’