प्रधानमन्त्री प्रचण्डले विश्वासको मत राष्ट्रपतिको चुनावपछि मात्र लिने

0
PM-PRACHANDA_AKHTIYAR-scaled-e1676098439315

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन्।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने स्थिति आएको बताए। राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ।

कांग्रेस र नेकपा (एमाले) दुबैले प्रमुख विपक्षी दल आफू रहेको दाबी गरेपछि आज बस्ने भनिएको बैठक चैत ५ गतेसम्मको लागि सरेको हो।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने कांग्रेसले आफू सरकारमा नगएसम्म प्रतिपक्षमै रहने अडान लिएको छ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। त्यतिबेला उनले २६८ मत पाएका थिए।

तत्कालीन गठबन्धनका दलहरू एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed