Banking Khabar
ब्यानर न्युज

विश्व बैंकले कृषकलाई प्रदान गरेको अनुदान दुरुपयोग गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

shilalekha
shilalekha
प्रकाशित: August 28, 2020
August 28, 2020
सेयर:

काठमाडौं । विश्व बैंक मार्फत किसानको नाममा आएको अनुदान रकम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रमुख प्रतिपक्षि दल कांग्रेसले माग गरेको छ।

विश्व बैंकको सहयोगमा सञ्चालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा व्यापक अनियमितताको भएको खबर विभिन्न सञ्चारमाध्यमा बाहिर आएको छ। विश्व बैंकले नै छानबिन गरी अनियमितता गर्नेमाथि कारबाही माग गरेको छ।

विश्व बैंकले अनियमितता भएको तथ्य सहित अर्थ मन्त्रीलाई पत्र पठाउनुले देशको गरिमामा आँच पुगेको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ। किसानको नाममा आएको ठूलो अनुदान रकम राजनीति पुहँचको आधारमा आफ्ना निकट व्यक्तिहरुलाई वितरण गरिएको तथ्य बाहिर आएको थियो।

नक्कली कृषि फर्म देखाएर लाभ लिने कार्य समेत भएको थियो। सरकारले दोषीलाई दण्डित गर्ने अग्रसरता नदेखाउनु सरकार दोषीलाई बचाउने तर्फ लागेको कांग्रेसको आरोप छ ।

अनियमितता गर्ने पदाधिकारीहरुको नाम समेत किटानी गर्दा कारबाही नभएकोप्रति आपत्ति जनाइएको छ। दातृ नियकाबाट प्राप्त हुने अनुदानलाई सदुपयोग गर्न, भ्रष्टचार र अनियमिततालाई नियन्त्रण गर्न सरकारलाई कांग्रेसले सचेत बनाएको छ।