सांसद तथा मन्त्रीहरुको सम्पति छानविन गर्न कांग्रेस नेत्री आरजु देउवाको माग

0
arzju

काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले आफूमाथि लक्षित गर्दै संसदमै कुरा उठेको भन्दै नबिराएकोले नडराउने बताएकी छन्।

‘भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति गम्भीर छौं भन्ने मेरो ठूलो प्रश्न छ। म नभएको दिनमा मेरो नामलाई इगिंत गरेर अनेक थरि प्रश्न उठेको छ र आज पनि प्रश्न उठेको पाएको छु,’ प्रतिनिधि सभाको आजको बैठकमा उनले भनिन्, ‘एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सैह्य हुँदैन रहेछ। पुरूषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरूले भनेको भाष्य मात्रै हामीले बोल्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले अभ्यास गर्नुपर्ने। त्योभन्दा अलिकति सार्वजनिक जीवनमा आयो भने पुरूषहरूलाई त्यो असैह्य हुने। योचाहिँ परिस्थिति बनेको छ। जसले जति आलोचना गरे पनि मैले बिराएको छैन, म डराउन्न।’

आफू र श्रीमान् शेरबहादुर देउवाको सम्पत्ति विवरण नेपाल सरकारलाई बुझाएको पनि राणाले बताइन्।

‘हामी जति सांसद छौं, सबै सांसदको सम्पत्ति विवरण वेबसाइटमा प्रकाशित होस्, जनताले सबैले देखोस्,’ उनले भनिन्, ‘कसको के थियो। कति बढ्यो वा घटोस् सबैको देखियोस्।’

उनले तथ्यमा आधारित भएर बोल्न समेत आग्रह गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed