Banking Khabar
ब्यानर न्युज

बालकृष्ण पक्राउपछि मञ्जु खाँण मोबाइल अफ गरी सम्पर्कविहीन

shilalekha
shilalekha
प्रकाशित: May 10, 2023
May 10, 2023
सेयर:

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी समेत रहेकी कांग्रेस नेत्री मञ्जु खाँण सम्पर्कविहीन भएकी छन् ।

मोबाइल समेत अफ गरेर मञ्जु सम्पर्कविहीन भएको प्रहरीले जानकारी दियो । तर, यस प्रकरणमा अहिले नै मञ्जुलाई पक्राउ गरिहाल्ने तयारी भने प्रहरीको छैन । मनोवैज्ञानिक त्रासका कारण मञ्जु सम्पर्कविहीन भएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

‘उहाँलाई अहिले नै पक्राउ गरिहाल्ने तयारी छैन, तर मोबाइल अफ गरेर सम्पर्कविहीन हुनुभएको छ,’ एक प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘पति पक्राउ परेकाले मनोवैज्ञानिक त्रासमा पर्नुभएको पनि हुनसक्छ ।’
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा खाँण बुधवार पक्राउ परेका हुन् ।

यस प्रकरणमा पक्राउ पर्नेमध्ये खाँण सबैभन्दा शीर्षस्थ व्यक्ति हुन् ।