नेपाली फ्रेन्डशिप सोसाइटीले समर बार वि क्यू पिकनिक आयोजना गर्दै

0
IMG_20230623_103247

सिकागो । अमेरिकाको सिकागोल्याण्डमा स्रकिय सामाजिक संस्था नेपाली फ्रेन्डशिप सोसाइटीले निशुल्क बार वि क्यू समर पिकनिक आयोजना गर्ने भएको छ ।
हरेक वर्ष आयोजना गर्दै आएको पिकनिकलाई निरन्तरता दिन यसपालि पनि सामाजिक हितको उदेश्य लिएर पिकनिक आयोजना गरिएको सोसाइटीका महासचिव विजेन्द्र विक्रम राणाले जानकारी दिनुभयो ।

विभिन्न चार्डपर्वमा कार्यक्रम गर्दै आइरहेको सोसाइटीले सिकागोल्याडमा बसोबास गरीरहेका नेपालीहरुलाई एकआपसमा भेटघाट गर्ने, दुख सुखका कुरा साटासाट गर्ने वातावरण पिकनिकमा मिल्ने सोसााइटीका महासचिव राणाले बताउनुभयो ।

पिकनिकमा मुख्य आकर्षक बार वि क्यू रहने छ । साथै स्वादिष्ट नेपाली खानाका साथै भलिबल, म्युजिकल च्येर, घैँटो फुटाइ जस्ता रमाइला खेलहरु पनि आयोजना हुनेछ ।

सोसाइटीले आगामी जून २५ मा फोस्टर विज पार्कमा पिकनिक कार्यक्रमककाो आयोजना गर्ने भएको छ । राणाले सिकागोल्याण्डलाई कर्मथलो बनाइगरीरहेका सम्पूर्ण नेपालीमुलबासीलाई पिकनिकमा सहभागि हुनका लागि पनि आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed