Banking Khabar
ब्यानर न्युज

युवाहरू तयार भए पद छोड्न तयार छुः प्रधानमन्त्री ओली

shilalekha
shilalekha
प्रकाशित: August 19, 2025
August 19, 2025
सेयर:
युवाहरू तयार भए पद छोड्न तयार छुः प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताए।युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताए। उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास व्यक्त गरे।

उनले भने, ‘यो युवाहरूको समय हो। युवाहरू अगाडि बढ्नुपर्छ। युवाहरूले गर्न सक्नुपर्छ। यो कुरा थाहा पाएपछि भन्छन्, तपाईंले किन पद नछोडेको रु म त छोड्न तयार नै छु नि। युवाहरू तयार हुनुपर्‍यो नि त। म इन्करेज गर्न चाहन्छु युथहरूलाई।’

प्रधानमन्त्री ओलीले नेपालमा अब लगानी र काम गर्न कुनै बाधा नरहेको दाबी गरे।