अध्यादेश पुनः जारी गरेर ओलीले दलभित्र भुठभेड निम्त्याउन खोजे: दाहाल-नेपाल समूह

0
dahal-nepal samuh

काठमाडौँ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहितका ५ सचिवालय सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश खारेज गर्न माग गरेका छन् ।

अध्यक्ष दाहाल निवास खुमलटारमा बसेको वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको बैठकले अध्यादेश खारेज गर्न माग गर्नुभएको छ ।
‘यो विषय भोलिको स्थायी समितिमा जानेछ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘अलोकतान्त्रिक र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एकल निर्णय हामीलाई स्वीकार्य छैन् ।’ जारी गरेपछि भएको विरोध थेग्‍न नसकेर पहिल्यै फिर्ता गरिएको अध्यादेश पुनः जारी गरेर ओलीले दलभित्र भुठभेड निम्त्याउन खोजेको दाहाल-नेपाल समूहको निष्कर्ष छ ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश  जारी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed