Banking Khabar
ब्यानर न्युज

अनशनको २५ औं दिनमा सरकार र डाक्टर केसीको टोलीबीच वार्ता सुरू

प्रकाशित: October 8, 2020
October 8, 2020
सेयर:

काठमाडौं । स्वास्थ्य शिक्षाको माग गदै अनशरत डा. गोविन्द केसी र सरकारी टोलीबीच वार्ता सुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा डा. केसीको अनशनको २५ औं दिनमा बार्ता सुरु भएको हो । डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ ।

सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. केसीको तर्फबाट डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको छ।

वार्ता टोलीका सदस्यहरूमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा लोचन कार्की र ओम प्रकाश अर्याल छन्।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने,कोरोना परीक्षणका लागि पीसीआर व्यापक गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने लगायतका माग राखनुभएको छ ।