अन्नत:नेकपा एमाले फुट्यो,माधव नेपालको अध्यक्षतामा ‘नेकपा एमाले समाजवादी’ दल निर्वाचन आयोगमा दर्ता

0
230320022_6143255229048540_4899960885731721716_n

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दल दर्ता गरेका छन् । नेकपा एमाले समाजवादीको ९५ जना केन्द्रीय सदस्यसहित समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

बुधबार नेकपा एमाले विभाजन गर्दै माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो। माधव नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता राखिएको दलमा अरु सबै केन्द्रीय सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार साविक नेकपा एमालेका ३१ सांसद नयाँ पार्टी एमाले समाजवादीमा रहेको बताउनुभयो । साबिक एमालेको केन्द्रीय कमिटीका ५८ जनाले दल दर्ताका लागि निवेदन दिएको उनले जानकारी दिए । एमाले समाजवादीले खुला किताब चुनाव चिह्न राखेको भएपनि उक्त चिह्न उन्नत लोकतान्त्रिक पार्टीसँग मिलेपछि अहिले चुनाव चिह्न तोकिएको छैन।

नेता पाण्डेले छलफलपछि चुनाव चिह्नबारे निर्णय गर्ने जानकारी दिए ।
नयाँ दल दर्ता गरेसँगै माधवकुमार नेपाल समूह विभाजित भएको छ ।उहाँलाई एमाले पदाधिकारी र स्थायी कमिटीको ठूलो हिस्साले साथ नदिने भएको छ । तीन

उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् । यस्तै उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed