Banking Khabar
ब्यानर न्युज

अब सञ्चारमाध्यमबाट आईपीओको नतिजा हेर्न नपाइने, यी तीन ठाउँमा मात्रै प्रकाशित हुने ?

shilalekha
shilalekha
प्रकाशित: February 25, 2021
February 25, 2021
सेयर:

काठमाडौं । अबदेखि सञ्चारमाध्यमले प्राथमिक शेयर ‘आईपीओ’ को नतिजा आफ्नो वेवसाइटबाट सार्वजनिक गर्न नपाउने भएका छन् ।

सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै प्राथमिक शेयरको नतिजा सञ्चारमाध्यमलाई नगर्न सार्वजनिक गर्न नदिने भएको हो ।

अधिकांश लगानीकर्ताले आफ्नो डिम्याट खाता नम्बर तथा नाम सञ्चारमाध्यमबाट सार्वजनिक भएको भन्दै गुनासो गरेपछि इस्यु म्यानेजरहरुलाई प्राथमिक शेयरको नतिजा सञ्चारमाध्यमलाई उपलब्ध नगराउन निर्देशन दिइएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले शिलालेखलाई जानकारी दिए।

धेरै पहिला अगाडि पनि नेपाल धितोपत्र बोर्ड र सिडिएससी बीच यस्तो छलफल भएको थियो । बिगतमा प्राथमिक शेयरको नतिजा हेर्न पाउनुपर्ने लगानीकर्ताको मागपछि सञ्चारमाध्यमबाट हेर्न मिल्ने व्यवस्था गरिएको न्यौपानले बताए । तर पछिल्लो समय लगानीकर्ताको गोपनियताको विषयलाई लिएर आवाज उठेपछि यस्तो सर्कुलर जारी गरिएको सिडिएससीले जनाएको छ।

यो सर्कुलर शुक्रबार बाँडफाँड हुने महिला लघुवित्तको शेयरमा पनि लागु हुनेछ । सञ्चारमाध्यमले नतिजा सार्वजनिक गर्न नपाउने भएकाले सम्बन्धित निष्काशन तथा बिक्री प्रवन्धकले आफ्नो वेवसाइटमार्फत हेर्न मिल्ने बनाउने छन् । अर्कोतर्फ सिडिएससीको मेरोशेयरमार्फत पनि नतिजा हेर्न मिल्ने छ।

शूरुवाती अवस्थामा मेरो शेयरबाट नजिता हेर्न केही समस्या भएपनि एक दुई दिन भित्रमा सबैले सजिलै हेर्न पाउने सिडिएससीले जनाएको छ। सिडिएससीले मेरो शेयरको व्याक अफिस बढाउने काम गरिरहेको र केही समय भित्रै यसको पुर्ण समाधान हुने र ह्याङ नहुने व्यवस्थाका लागि काम भैरहेको न्यौपानेले जानकारी दिए।

आईपीओ नतिजा कहाँबाट हेर्न मिल्छ ?

आइपीओको नतिजा ३ ठाउँबाट मात्रै हेर्न सकिन्छ । पहिलो सम्बन्धित कम्पनीको वेवसाइट, दोस्रो बिक्री प्रबन्धक र तेस्रो मेरो शेयरको वेवसाइटबाट मात्रै नतिजा हेर्न पाइनेछ ।