अमेरिकी भिसा प्रकरणमा मुछिएकी उपसभामुख रानाको कांग्रेसले माग्यो राजीनामा

0
indira-ranamagar-controversy-1721380558

काठमाडौं । अमेरिकी भिसा प्रकरणमा मुछीएकी उपसभामुख इन्दिरा राना मगरको नेपाली कांग्रेसले राजीनामा मागेको छ ।

आईतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले पत्राचार शंकास्पद भएको भन्दै छानबिन गर्न माग गरेका हुन्।

‘चिन्दै नचिनेको मान्छेलाई सिफारिस कसरी गरियो। छानबिन हुनुपर्छ केही समय पहिला एक जना मन्त्रीले अमेरिका लैजान सिफारिस गरेको आधारमा राजीनामा दिनुपरेको थियो।’उनले भने,‘संसदमा सूचना बेच्ने यही छन् भनेको एक जनाले भनेको सुनेको थिएँ। सूचना बेच्ने त देखिनँ मान्छे बेच्ने चाहिँ यतै छन् कि क्या हो अनुसन्धान हुनुपर्छ। संसद चुप लागेर बस्नु हुँदैन।’

‘यस्तो काम गरेपछि उपसभामुखले संसदको कमान्ड गर्न मिल्छ कि मिल्दैन रु प्रश्न सोध्न चाहन्छु । पत्र आएमा संसद सचिवालयमार्फत काम भएर परराष्ट्र मन्त्रालयमार्फत दूतावासमा पत्र जाने व्यवस्था छ । संसदसँग असम्बन्धित व्यक्तिहरूलाई सिफारिस गर्ने काम कसले किन र कसरी गर्‍यो, छानबिन हुनुपर्छ,’ उनले भने ।

सिफारिस गरिएका मान्छेहरूलाई आफूले नचिनेको उपसभामुखले भनेको उनले बताए । संसद बैठकमा उनले भने, ‘भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुख कार्यालय हुन सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed