Banking Khabar
ब्यानर न्युज

आत्मदाह गरेका आचार्यको परिवारलाई न्याय माग्दै माइतिघरमा प्रदर्शन

shilalekha
shilalekha
प्रकाशित: January 26, 2023
January 26, 2023
सेयर:

काठमाडौं । संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।

आचार्यले उठान गरेका विषयहरूलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले अर्को जल्दो शरीर मेरो नहोस्, गरिखाने की मरिजाने, उद्यमशील नेपाल नारा मात्र हो सरकार लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

यसअघि बुधबार बसेको मन्त्रीपरिषद् बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको थियो।

इलामका व्यवसायी आचार्यले मंगलबार नयाँ बानेश्वर सडकमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। त्यसपछि उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको र उपचारका क्रममा बुधबार निधन भएको थियो।